राष्ट्रपतिद्वारा वामपन्थी नेता वर्माको निधनप्रति शोक व्यक्त

Nepal Cover
२३ फाल्गुन २०७८, सोमबार
image

राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनबाट आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

साथै उहाँले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

“वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु ।

दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।

नेपालको राजनीतिक आन्दोलनको इतिहासमा उहाँको योगदान चिरस्मरणीय रहनेछ”, राष्ट्रपतिले ट्वीट गर्दै भन्नुभएको छ ।

वरिष्ठ वामपन्थी नेता वर्माको ९३ वर्षको उमेरमा आइतबार अपराह्न निधन भएको थियो ।