केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने समाजवादीको पोलिट्ब्यूरो बैठक जारी

Nepal Cover
२३ फाल्गुन २०७८, सोमबार
image

काठमाडौं-आज नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बसेको छ ।

२५–२६ फागुनमा बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेगरी आजको बैठक बसेको हो ।

बानेश्वरमा जारी पोलिट्ब्यूरो बैठकमा स्थानिय तह निर्वाचनबारे समेत केन्द्रीय कमिटी बैठकमा गरिने छलफल रणनीति तय हुने जनाईएको छ ।

आगामी चुनावको तयारी र पार्टीको आन्तरिक गतिविधिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।