झाँक्रीलाई हराउँदै एमालेका गोकर्ण विष्ट निर्वाचित
गुल्मीमा २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै विष्ट निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार विष्टले २८ हजार ४७६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी हुन् । विष्टले झाँक्रीलाई २ हजार ३४ मतान्तरले पराजित गरेका हुन् ।
सम्पत्ती न्यूज
७ मंसिर २०७९, बुधबार