आज दोहोरो अंकले बढ्यो शेयर बजार

  Sampatti News Online

November 16, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.४० अंकले बढेर एक हजार ९ सय ११ दशमलब २६ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.५९ अंकले घटेर एक हजार ८ सय ९७ दशमलब ८६ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकम भने बढेन । आज नेप्सेमा ८५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबारमा आएका कम्पनीहरु मध्ये १४१ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ३८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३५३.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर भएको छ । यसको आज ६ करोड ३ लाख भन्दा बढीको कारोबार भएको छ ।  
 

प्रकाशित मिति:November 16, 2022