वर्षा र सहकालका देवताको पूजा गरिदै, आज काठमाडौं उपत्यकामा बिदा
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै आज इन्द्रजात्रा पर्व परम्परागत रुपमा मनाइँदैछ । यस अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा यो पर्व धूमधामसँग मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि जात्रा सुरु हुन्छ, जसलाई इन्द्रध्वजोत्थान भनिन्छ…
सम्पत्ती न्यूज
१ आश्विन २०८१, मंगलवार