सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ –प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको हो । नेपाली कांगे्रसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट गर्नुभयो ।…
सम्पत्ती न्यूज
१७ चैत्र २०७८, बिहीबार