image

भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई छाड्न उच्च अदालतद्वारा अस्वीकार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई छाड्न अदालतले अस्वीकार गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको निदेवनमा सुनुवाइ गर्दै अदालतले रायमाझीलाई छाड्न अस्वीकार गरेको हो। न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले रायमाझीलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो।

सम्पत्ती न्यूज
१५ मंसिर २०८०, शुक्रबार