कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

  Sampatti News Online

October 14, 2023

राटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार लिने छन् ।

सांसदहरुको हस्ताक्षरको प्रमाणिकरण सकिएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको दोस्रो कार्यकालकाे पाँचौ मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई कांग्रेसका ८ जना र एमालेका ३९ जना सांसदले सर्मथन गरेका छन्

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।

प्रकाशित मिति:October 14, 2023