पहिरोले बेनिघाटआरुघाट सडकखण्ड अवरुद्ध
गोरखा । केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको उनले बताए । सडक माथिबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनले…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार