दुर्गममा अत्यावश्यक उडानका लागि समय सीमा तोकिएको छैन ः प्राधिकरण

Nepal Cover
२९ श्रावण २०८०, सोमबार
image

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाजरहेलिकप्टर उडानमा प्रतिबन्ध नलगाइएको बताएको छ।

केही दिनयता दुर्गमका विमानस्थलमा उडान गर्न नदिएको भन्दै विरोध भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अत्यावश्यक सेवाका लागि कुनै रोकटोक नरहेको जनाएको हो।

विमानस्थल सञ्चालन गर्न तोकिएको समयभित्र नियमित उडान भइरहेको र अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाज–हेलिकप्टर उडानमा कुनै प्रतिबन्ध नलगाइएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।

साथै, आन्तरिक उडानमा ९० प्रतिशत दुर्घटना इनरूट वेदर (जहाज उडान हुने रुट) का कारण जहाज बादलभित्र छिरेकाले दुर्घटना भइरहेको महानिर्देशक अधिकारीले बताए।

यसको जोखिम नियन्त्रणका लागि प्राधिकरणले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको उनले बताए।

पछिल्लो समय नेपाली आकाशमा हवाई दुर्घटना बढेपछि प्राधिकरणले साउन १६ गते उडान सुरक्षामा कडाइ गर्दै उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेसन आवरु भित्र रही सम्बन्धित वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय गरेको थियो।