तयारी नपुगेको भन्दै सर्यो एकीकृत समाजवादीको बैठक
काठमाडौँ। तयारी नपुगेको भन्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक दुई दिन पछि धकेलिएको छ। समाजवादीको बैठक सोमबारलाई तोकिएको थियो। यो बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी थियो। तर आन्तरिक तयारी नपुगेको भन्दै बैठक सारेको समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
सम्पत्ती न्यूज
१३ श्रावण २०८१, आईतवार