आज निर्वाचन तयारी समितिको बैठक बस्दै
पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले जानकारी दिए । बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुसालले बताए ।…
सम्पत्ती न्यूज
२७ चैत्र २०७८, आईतवार