तीन तहमा मतदानस्थल वर्गीकरण

  Sampatti News

April 8, 2022

जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको बताउनुभयो ।

समितिको बैठकले ३१ स्थललाई अतिसंवेदनशील, ८२ स्थललाई संवेदनशील र ४८ स्थललाई सामान्यरूपमा लिइएको छ ।

प्रमुख जिल्ला अधिकारी तमाङका अनुसार निर्वाचनस्थलको निरीक्षणपछि सो सङ्ख्यामा वर्गीकरण गरिएको हो ।

अघिल्ला निर्वाचनमा भएका घटनाका आधारमा स्थलको वर्गीकरण गरिएको हो ।

जिल्लाका सात पालिकामा ४५१ मतदान केन्द्र रहेका छन् ।

केन्द्रमा निर्वाचनका लागि दुई हजार २५५ कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाउने छ भने प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको छ ।

यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा आगामी वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ ।

वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति:April 8, 2022