अब संघियताको मुल्याङ्कन आवश्यक: मुख्य सचिव

Nepal Cover
२३ चैत्र २०७८, बुधबार
image

सरकारका मुख्य सचिव शंकरदास बैरागीले अब संघियताको मुल्याङ्कन आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौँ स्थित तराई विकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको शुसासन प्रत्याभुतका निम्ति सुचना प्रविधिको प्रयोग र यसका चुनौती बिषयक अन्र्तक्रिया तथा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले संघियता नेपालको लागी नयाँ विषय भएको तर अहिले संघियताको उपलब्धीको बारे मुल्याङ्कन गर्न अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुचना प्रबिधिको बारेमा बोल्दै अहिले सुचना प्रविधिको युग भएको हुदा प्रबिधि मैत्री प्रशासनमा जोड दिदै साइवर सुरक्षामा समेत बिशेष जोड दिन आग्रह गर्नु भयो ।

साथै उहाँले सरकारले आउदो बैशाखबाटै एकिकृत सुचना प्रणाली सञ्चालनमा आउने जानकारी दिनुभयो ।

उहाँले बिश्व जगतसँग नेपालमा प्रयोगमा रहेको सुचना प्रबिधिको तुलना गर्दा स्थिती लज्जास्पद रहेको स्विकार गर्नु भयो ।

मुख्य सचिव बैरागीले हाल नेपाल प्रबिधि तर्फ उन्मुख रहेको बताउदै क्यासलेस, फेसलेस र पेपरलेस प्रबिधि नेपालको भविश्य रहेको उल्लेख गर्नु भयो ।

सचिव बैरागीले नेपालीको आर्थिक रुपान्तरणमा जोड दिदै आर्थिक समृद्धिबिना नेपालीले ईज्जत प्राप्त गर्न नसक्ने बताउनु भयो ।

पुस्तकको बारेमा बोल्दै मुख्य सचिव बैरागीले पुस्तकमा निकै अब्बल र अग्रज प्रशासकले लेखेको सामाग्री समावेश भएको हुदा पठनिय रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त,महालेखा परिक्षक र मुख्य सचिवले सयुक्त रुपमा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण गर्नु भएको थियो ।

कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, प्रमुख निर्वाचन आयुक्त दिनेस कुमार थपलिया, प्रमुख महालेखा परिक्षक टंकमणिशर्मा, पुर्व लोकसेवा अध्यक्ष उमेश मैनाली, पुर्व मुख्य सचिव विमल कोईराला, काठमाडौँ उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, बिभिन्न मन्त्रालयका सचिव, बिभिन्न बिभागका महानिर्देशक, बिभिन्न सञ्चार माध्यमका पत्रकार लगायत, प्रशासन क्षेत्रका ब्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो ।