एक क्विन्टलका ओलीलाई आधा किलोको ढक बनाउँने प्रेम आलेको चेतावनी

Nepal Cover
२४ चैत्र २०७८, बिहीबार
image

नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एक क्विन्टलका ओलीलाई आधा किलोको ढक बनाउँने चेतावनी दिएका छन् ।

भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्तो चेतावनी दिएका हुन् ।

उनले पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक भएको टिप्पणी गरेका हुन् ।

यसअघि ओलीले एक किलोको पाँच वटा ढक एकातिर र एमाले एक क्विन्टलको ढक अर्कातिर भएको टिप्पणी गरेका थिए ।

जवाफमा उनले भने “निर्वाचन पछि अब आधा किलोको बनाइ दिन्छौँ ।’

उनले गठबन्धनले कहाँ- कहाँ कसले उम्मेदवारी दिने भन्ने छलफल चलिरहेको पनि बताए ।