ओली निकट एमाले नेता सुरेन्द्र पाण्डे र भीम आचार्य आकस्मिक किन गए दिल्ली, यस्तो छ खास कारण

  Sampatti News

August 15, 2021

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता सुरेन्द्र पाण्डे र भीम आचार्य आकस्मिक दिल्ली पुगेका छन् । पार्टी विभाजनको संघारमा पुगेका बेला उनीहरु पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने निहुँमा दिल्ली पुगेका हुन् ।

एमाले वरिष्ठ नेता खनाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् । मृगौला प्रत्यारोजन गरेपछि दिल्लीको अस्पतालमै उपचाररत रहेका छन् ।
नेता पाण्डे र आचार्य खनाललाई भेट्ने निहुँ बनाएपनि उनीहरु दिल्ली जानुको खास कारण भने अर्कै छ । पछिल्लो समय वरिष्ठ नेता नेपाल पक्षलाई विभाजन गर्न लागी परेका यी दुई नेता नेपालबाट खनाललाई अलग गराउने र भारतीय खुविया एजेन्सी ‘र’का प्रतिनिधिसँग भेट गर्न दिल्ली पुगेको स्पष्टसँग आँकलन गर्न सकिन्छ । ‘र’ र भारतीय संस्थापनसँग नेता पाण्डेको राम्रो सम्बन्ध छ ।

यता कानुनीरुपमा ‘केपी ओली नै एमालेको अध्यक्ष हुन्’ भन्ने अभिब्यक्ति दिएको दोस्रो दिन पाण्डे सचिव आचार्यलाई लिएर दिल्ली प्रस्थान गरेका हुन् ।

खनाल दिल्ली उपचारमा जानुअघि यी दुई नेताले खनालका नाममा जबर्जस्ती विज्ञप्ती जारी गरेका थिए । खनालले ‘अहिले विज्ञप्ती जारी नगरौ’ भन्दाभन्दै उनीहरुले विज्ञप्ती जारी गरेका हुन् ।

पछि खनाल आफैले दिल्ली अस्पतालबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अपिल जारी गरेका थिए । पाण्डे र आचार्यको ओली मोहमा खनालले खरानी दलिदिएका थिए ।

प्रकाशित मिति:August 15, 2021