नेप्सेका सिईओ साउदद्धारा स्वीकारे सर्वोत्तमको सेयर श्रीमतिको नाममा किनेर गल्ती गरेको

  Sampatti News

August 16, 2021

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेकोमा गल्ती स्वीकार गरेका छन् । अर्थ समितिको बैठकमा उनले आफ्नो गल्ती स्वीकार गरेका हुन् ।

उनले कर्मचारीको नीयामावली अनुसार यस्तो कारोबार गर्दा केही फरक नपर्ने पाएपछि सेयर खरिद गरेपनि अहिले आएर आफूले गलत गरेको महसुश गरेको उनले बताएका हुन् ।
उनले भने नेतृत्वमा बसेर सेयर कारोबार गर्दा ऐन नियम भन्दा बाहेक हाम्रो पछाडि समाज पनि छ कि भनेर ध्यान दिनुपर्ने रहेछ, गल्ती महशुस गरेको छु ।’

प्रकाशित मिति:August 16, 2021