भारतविरुद्ध नेपालको मैत्रीपूर्ण फुटबलः अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

Nepal Cover
१७ भाद्र २०७८, बिहीबार
image

काठमाडौँ– भारतविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले १–१ को बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन बिष्टको गोलबाट खेलको ३६ औँ मिनेटमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन।

खेलको ६० औँ मिनेटमा भारतका अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए।

खेलमा दर्शकको समेत उपस्थित रहेको थियो। विश्व फुटबल महासंघले तोकेको मापदण्ड पालना गर्दै रंगशालामा दर्शकलाई प्रवेश दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ। मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आएको यो पहिलोपटक हो। यसअघिका तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु भारतमै भएका थिए। सन् २०१३ मा सिलिगुढी, सन् २०१५ मा पुना र सन् २०१७ मा मुम्बईमा मैत्रीपूर्ण खेल भएका थिए।