सवारी भाडा बढाउन माग गर्दै बस व्यवसायी आन्दोलित

Nepal Cover
१८ आश्विन २०७८, सोमबार
image

काठमाडौँ– सार्वजनिक बस व्यवसायीहरुले सोमबार भाडा बढाउन माग गर्दै काठमाडौँका सडकमा बस तेर्स्याएर प्रदर्शन गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दा पनि भाडादर भने समायोजन नगरिएको भन्दै यातायात व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले इन्धनको मूल्य बढेको अवस्थामा भाडा पनि बढाउनुपर्ने माग गरेका छन् । उनीहरुले बस नचलाएर हड्ताल गरेका छन्।

व्यवसायीले सोमबार बौद्धबाट चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायतका बस व्यवसायीले आन्दोलनस्वरुप यातायात हड्ताल गरेका हुन् ।

तेलको मूल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि भाडा १५ रुपैयाँ नै रहेकाले आन्दोलन गर्नुपरेको यातायात व्यवसायीले बताएका छन् ।

यातायात व्यवसायीको आन्दोलनका कारण चक्रपथ, भक्तपुरसहितका क्षेत्रमा चल्ने गाडीहरु ठप्प छन्।