इन्टरनेट सेवा प्रदायकको तार काट्नुमा यस्तो छ कुलमानको भनाई

  Sampatti News

October 5, 2021

नेपाल बिद्युत प्राधिकरणले बिजुलीको खम्बा प्रयोग गरेवापत शुल्क नबुझाएका इन्टरनेट सेवा प्रदायकको तार काटेको बिषय अहिले सर्वत्र चर्चाको बिषय बनेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तर काट्ने बिषयलाइ त्यती ठुलो रोइलो गर्नु नपर्ने बताएका छन् ।

उनले प्रधिकरणको यस निर्णय सर्वसाधारणको हितमै रहेको बताएका छन् ।

निर्देशक कुलमान घिसिङले इन्टरनेट सेवा प्रदायकहरुलाई पोलभाडा दर बढाउनुको औचित्य प्रष्टाउदै ।

पूर्वाधार प्रयोग गरे तार काट्ने चेतावनी दिँदै प्राधिकरण सूचना निकाले पछि सेवा प्रदायकहरु भाडादरमा असन्तुष्ट हुँदै त्यसको विरोध गरिरहेका बेला घिसिङ्गले भाडा बढाउनुको कारण प्रष्ट पार्नुभएको हो ।

घिसिङले इन्टरनेट सेवा प्रदायकहरुलाई प्राधिकरणले पोलभाडा बढाएको नभइ यसअघि कुनै रेट नभएको स्पष्ट पार्नुभयो ।

प्राधिकरणले परिमार्जन गरेको पोलभाडालाई नै कारण बनाएर सेवा प्रदायकहरुले मूल्यवृद्धि गर्नेसम्मको तयारी गरेको आफुले सुनेको बताउँदै घिसिङले आफुहरु समन्वय गर्न तयार रहेको बताउनुभयो ।

‘नेपालमा हाम्रो जतिपनि ग्राहक छन् त्योमध्येमा आन्तरिक ग्राहक ५० लाख छ।

घरघरमा जहाविद्युत पुर्‍याएका छौं आन्तरिक ग्राहकको जनसंख्या करिब ९० प्रतिशत पर्छ । आन्तरिक ग्राहकहरुबाट हामीले वार्षिक ३० अर्ब रुपैयाँ पाउँछौं ।

बाँकी औद्योगिक तथा व्यापारिक ग्राहकहरुबाट गरेर प्राधिकरणले कुल ७० अर्ब रुपैयाँ उठाउँछौं,’ घिसिबले भन्नुभयो–’विद्युत भनेको ठूलो पूर्वाधार हो ।

हामीले सेवा प्रदायकहरुलाई भाडामा दिएको पोल तथा ओपीजीडब्लू केबलबाट प्राधिकरणले जम्मा २५ देखि ३० करोड रुपैयाँ उठाइरहेको हो ।’

आफुहरुले तोकेको भाडादर पैसा धेरै उठाउनका लागि नभएको भन्दै घिसिबले सहरको सौन्दर्य कायम गर्न सेवा प्रदायकहरुले पोल प्रयोग गर्दा सहप्रयोग गर्छन् भनेर गरेको जिकिर गर्नुभयो ।

‘सेवा प्रदायकहरुले सेयर गरेर तार तान्नु हुन्छ कि भनेर मूल्य तोकेका हौं । २४ कोरको तार तान्नु र १ कोर तान्नुको खर्च उही हो ।

२४ कोरको तार तान्यो भने धेरै सेवा प्रदायकहरुले सेयरिङ्ग गरेर एउटै तार सबैले प्रयोग गरेर तारको जालो शहरबाट बिस्तापित गर्लान भनेर राखेको हो,’ घिसिङले भन्नुभयो ।

४४ कोर वा ९६ कोर तार तान्यो भने आकार र बजनको हिसाबले एउटै हुने उहाँले बताउनुभयो ।

९६ कोर तार तानेर सबैले एउटै तार प्रयोग गरेमा अहिलेको भन्दा पनि सस्तो भाडादर सेवा प्रदायकहरुलाई पर्ने घिसिङले सम्झाए ।

अहिले हरेक पोलमा हरेक व्यक्तिले हरेक इन्टरनेट सेवा प्रदायकहरुले तार तान्ने गरेको बताउनुभयो ।

सेयर गर्ने वा बिग्रिएर, आगो लागेमा कुनै पनि सेवा प्रदायकहरुले तार नफेर्ने बरु अर्को नयाँ तार तान्ने प्रवृत्ति निर्मूल पार्न भाडादर कायम गरिएको घिसिङको भनाई थियो ।

घिसिङले आफुहरु सेवा प्रदायकहरुको तार काट्ने वा हटाउने पक्षमा नरहेको भन्दै सहकार्यमा समस्या समाधान गर्न तयार रहेको जानकारी दिनुभयो ।

देशभर करिब ९० प्रतिशत घरधुरीहरुमा विद्युतको ग्रीड पुगेको भन्दै उनले प्राधिकरणको पोल देशका अधिकांश घरहरुमा पुगेको र यो ठूलो पूर्वाधार भएको उहाँको भनाई थियो ।

इन्टरनेट, केबल टिभी, टेलिफोनलगायतका तारहरु प्राधिकरणकै पोल प्रयोग गरेर तानिरहेका छन् ।

देशभर यी सेवा विस्तारमा प्राधिकरणको पूर्वाधारले ठूलो सहयोग पुगेको र पोल नभएको भए यी सेवाहरुको विस्तार गर्न असम्भव रहेको तर्क घिसिङको छ ।

प्राधिकरणको पूर्वाधार नभएको भए अहिले सेवा प्रदायकहरुलाई फाइबरदेखि अन्य तार विस्तार गर्न निकै महँगो पर्ने दाबी उहाँको छ ।

प्रकाशित मिति:October 5, 2021