निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो विश्वास छ: प्रधानमन्त्री

  Sampatti News

October 6, 2021

निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो विश्वास छ: प्रधानमन्त्री

निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता नगर्नेमा आफ्नो विश्वास रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले उक्त भनाई ब्यक्त गरेका हुन् ।

देउवाले निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिनुको साथै दण्डहीनता अन्त्य गर्ने बताउदै प्रहरीकालाई निष्पक्ष अनुसन्धान तर्फ जोड दिएका हुन् ।

कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा संक्रमण फैलिन नदिन प्रहरीले गरेको योगदानको प्रशंसा गरेका छन् ।

देउवाले अपराधका नयाँ शैलीप्रति प्रहरी चनाखो हुन जरुरी रहेको भन्दै प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने बताए ।

कार्यक्रमलाई संवोधन गर्दै देउवाले प्रहरी कर्मचारीहरु परिस्थितिको पर्वाह नगरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनका खटिने विश्वास लिएको बताएका छन्।

प्रधानमन्त्रीले सरकार अमर प्रहरीका परिवारको साथमा रहेको बताएका छन् ।

निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो विश्वास छ: प्रधानमन्त्री

प्रकाशित मिति:October 6, 2021