प्रधानन्यायाधीश जबरा र आन्दोलनरत न्यायाधीशबीच वार्ता

Nepal Cover
१४ कार्तिक २०७८, आईतवार
image

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र आन्दोलनरत न्यायाधीशबीच वार्ता भएको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको थियो।

आन्दोलनरत सर्वोच्चका न्यायाधीशहरूको बैठकले न्यायाधीशहरू सपना प्रधान मल्ल,अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरेको हो ।

सो समितिले प्रधानन्यायाधीशको धारणा बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाउनेछ ।