November 1, 2021
काठमाडौँ-नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गत रहेका एशोसिएट सदस्य समन्वय समितिको दशौं एशोसिएट साधारण भेला–२०७८ सम्पन्न भएको छ ।
महासंघका उपाध्यक्ष आङदोर्जी लामाको अध्यक्षता तथा सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महासंघका एशोसिएट सदस्य समन्वय समितिका सचिव नवराज श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
श्रेष्ठले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा महासंघको एशोसिएट समितिको गतिविधीहरुवारे प्रकाश पार्नु भएको थियो ।
उहाले आफ्नो प्रतिवेदनमा कल्याणकारी कोषमा एशोसिएटहरुको योगदान, गैर व्यवसायीहरुको हस्तक्षेप न्यूनिकरण भूमिका, नियम कार्यान्वयनमा सुझाव लगायतमा एशोसिएटहरुको योगदानवारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा महासंघका पुर्व अध्यक्ष तथा सल्लाहकार,एशोसिएट सदस्य समन्वय समितिका पुर्व संयोजक निर्माण ब्यबसायमा सम्बद्ध क्षेत्रका प्रतिनीधि तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति:November 1, 2021
November 25, 2024