हिमाल आरोहणका लागि नेपाल आएका तीन फ्रन्सेली नागरिक बेपत्ता

  Sampatti News

November 2, 2021

काठमाडौँ-फ्रान्सबाट हिमाल आरोहणका लागि नेपाल आएका तीन फ्रन्सेली नागरिक बेपत्ता भएका छन् ।

हिमाल आरोहणका लागि सोलुखुम्बु जिल्लाको खुम्बुक्षेत्रमा पर्ने खाङतेका पुगेका तीन फ्रान्सेली बिगत छ दिन देखी दिनदेखि बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिएका छन् ।

उनीहरु आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए ।

तीनै जना यही कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेपछि खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भने सम्पर्कमा आएको बताइएको छ ।

प्रकाशित मिति:November 2, 2021