प्रधानन्यायाधीशको पक्षमा देखिए चुडाल: बसे इजलासमा

  Sampatti News

November 8, 2021

काठमाडौं-सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएका छन् ।

अन्य न्यायाधीशले इजलास बहिष्कार गरिरहेको अबस्थामा न्यायाधीश कुमार चुँडालले भने सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नोमा समेत पेसी तोकेपछि अन्य न्यायाधीशले बहिष्कार गरेको अवस्थामा चुँडालले भने बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाइ गरेका हुन् ।

उनले बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन् ।

अन्य न्यायाधीश भने प्रधानन्यायाधीश जबराले आफ्नोमा पनि पेसी तोकेको भन्दै सुनुवाइमा सहभागी भएका छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोकेका छन्।

प्रधानन्यायाधीश जबराले २ एकल इजलास र ४ संयुक्त इजलास तोकेका थिए। पेसी तोकिएमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।

प्रधानन्याायधीशले सोमबार आफ्नो पनि इजलास तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरूले पनि मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन्।

तर, प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने मुडमा छैनन् ।

उनले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको भन्दै कसैले राजीनामा दे भन्दैमा आफूले नदिने बताएका छन् ।

प्रकाशित मिति:November 8, 2021