९५ जना डिएसपीको सरूवा

  Sampatti News

November 11, 2021

९५ जना डिएसपीको सरूवा

काठमाडौँ-प्रहरी प्रधान कार्यालयले प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।

बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो ।

मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुर अन्वेषण योजना शाखामा सरूवा भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका अनन्त राम शर्माको सिंहदरबार सुरक्षा गणमा सरूवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुपम श्रेष्ठको प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरूवा भएको छ ।

इलाका प्रहरी कार्यालय ईटहरीका अर्जुन केसीको काभ्रेस्थित मानवस्रोत व्यवस्थापन शाखामा सरूवा भएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ।

उनको सट्टामा केन्द्रीय अनुसन्धान ब्युरोका अनिल घिमिरेलाई पठाइएको छ।

प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका कृष्णराज ओझाको केन्द्रीय अनुसन्धान ब्युरो पिलर २ आर्थिक अपराध अनुसन्धान शाखामा सरूवा भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका इन्द्रबहादुर मल्लको नेपाल प्रहरी विशेष सुरक्षा गण, सुर्खेतमा सरूवा गरिएको हो ।

प्रकाशित मिति:November 11, 2021