निगमका महाप्रबन्धक विरुद्ध नाराबाजी गर्दै निगम घेराउ

Nepal Cover
२६ कार्तिक २०७८, शुक्रबार
image

निगमका महाप्रबन्धक विरुद्ध नाराबाजी गर्दै निगम घेराउ

काठमाडौँ-सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन्।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा उनिहरुले कार्यलय घेराउ गरेका हुन्।

विद्यार्थीहरुले आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेर कार्यालय घेराउ गरेका हुन्।

आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी गर्दै विद्यार्थी निगमको कार्यालय घेर्न पुगेका छन्।

उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्।

निगमका महाप्रबन्धक विरुद्ध नाराबाजी गर्दै निगम घेराउ