आन्दोलनलाई प्रतिकार गर्न जबराले खटाए ‘भाडाका टट्टु’

  Sampatti News

November 14, 2021

आन्दोलनलाई प्रतिकार गर्न जबराले खटाए ‘भाडाका टट्टु’

काठमाडौँ-नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भाडाका टट्टु’ परिचालन गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा परिचालित करिब ५० जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार प्रधानन्यायाधीश जबराले दुई वटा समूह सडकमा उतारेका थिए ।

बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।

यस क्रममा प्रहरीसँग केहीबेर झडप समेत भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।

यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताएका हुन् ।

नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताएका हुन् ।

‘घुस खाएको पैसा बाँडेर प्रधानन्यायाधीशले भिजिलान्ते र भाडाका टट्टु प्रयोग गर्नुभयो,’ उनले भने, ‘कमिशनको पैसालाई अहिले प्रतिकारका नाममा बाँडिएको छ ।’

उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले पनि कानुन व्यवसायीहरुले गर्दै आएको विरोध प्रदर्शनको प्रतिकारका लागि ठुलो रकम खर्च भएको आरोप लगाएका छन् ।

उनले प्रतिव्यक्ति दैनिक दुई हजार रुपैयाँ दिएर बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको बताए ।

उनले भ्रष्टाचारको रकम प्रयोग गरेर यसरी प्रतिकार समूह खडा गर्न खोजिएको आरोपसमेत लगाए ।

आन्दोलनलाई प्रतिकार गर्न जबराले खटाए ‘भाडाका टट्टु’

प्रकाशित मिति:November 14, 2021