भाषा परीक्षा पासलाई कोरिया रोजगारी मंसिरबाट खुला

  Sampatti News

November 14, 2021

भाषा परीक्षा पासलाई कोरिया रोजगारी मंसिरबाट खुला

काठमाडौं-कोरिया रोजगारी मंसिरबाट खुला हुने भएको छ ।

कोभिडका कारण विगत दुई वर्षदेखि बन्द रहेको कोरिया रोजगारी मंसिरदेखि खुल्ला हुने भएको हो ।

कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले मंसिरदेखि इपिएस भाषा परीक्षा पास गरेकालाई खुला गर्ने भएको हो।

विश्वमा कोरोना संक्रमणको दर केही कम भएसँगै कोरियाले नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ।

कोरियाले यसअघि नेपालबाट कोरियामा रोजगारी गरेर फर्किएका कमिटेड कामदारलाई लिएको थियो।

हाल इपिएस प्रणालीअन्तर्गत भाषा परीक्षा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रिया अगाडि बढाएको छ।

कोरिया सरकारको नयाँ निर्णयअनुसार इपिएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार लैजाने भएको छ।

श्रम स्वीकृति प्राप्त गरेका ६५ हजार नेपाली कामदार कोरियामा रहेका छन्।

नेपाली कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन्।

सन् २००७ देखि वैधानिक रूपमा भाषा परीक्षा उत्तीर्ण गरेर नेपाली कामदार कोरिया जान थालेका हुन्।

भाषा परीक्षा पासलाई कोरिया रोजगारी मंसिरबाट खुला

प्रकाशित मिति:November 14, 2021