प्रधानन्यायाधीशको पक्षमा ५ न्यायाधीश गरे मुद्दाको सुनुवाइ

  Sampatti News

November 17, 2021

प्रधानन्यायाधीशको पक्षमा ५ न्यायाधीश गरे मुद्दाको सुनुवाइ

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्षमा देखिएका छन् ।

सर्वोच्च अदालतका यि दुई न्यायाधीशले बुधबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका हुन् ।

यि दुई न्यायाधीशले बुधबार बन्दी प्रत्यक्षीकरणबाहेकका नियमित मुद्दाको पनि सुनुवाइ गरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले गएको कात्तिक ८ गतेदेखि अधिकांश इजलास बहिस्कार गर्दै आएका थिए।

इजलास बसे पनि उनीहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गरेका थिए ।

तर मंगलबारदेखि केही न्यायाधीशहरु नियमित काममा फर्किन थालेका छन् ।

मंगलबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ र मनोज शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीले आफूहरुको इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पनि सुनुवाइ गरेका थिए।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने विषयमा न्यायाधीशहरु विभाजित भएका छन्।

प्रधानन्यायाधीशको पक्षमा ५ न्यायाधीश गरे मुद्दाको सुनुवाइ

प्रकाशित मिति:November 17, 2021