जबरापक्ष र वकिलबीच झडप: कोट च्यातेर जलाईदिने धम्की

  Sampatti News

November 18, 2021

जबरापक्ष र वकिलबीच झडप: कोट च्यातेर जलाईदिने धम्की

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्षधर र कानुन व्यवसायी बीच नेपाल बार परिसरमा बिहीबार झडप भएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आएका कानून व्यवसायी र प्रधानन्यायाधीश जबरा पक्षधरबीच नेपाल बार परिसरमा बिहीबार झडप भएको हो ।

प्रधानन्यायाधीश जबरा पक्षधर चारजना कानुन व्यवसायीहरु प्रदर्शनमा छिरेर कानुन व्यवसायीमाथि नै तथानाम अपशब्द प्रयोग गरेपछि झडप भएको हो ।

उनीहरुले कानुन व्यवसायीलाई ‘कोट च्यातेर जलाईदिने’ भन्दै धम्कीसमेत दिएका छन् ।

झडपपछि सर्वोच्च अदालतको स्थिति तनावग्रस्त बनेको छ।

जबरापक्ष र वकिलबीच झडप: कोट च्यातेर जलाईदिने धम्की

प्रकाशित मिति:November 18, 2021