जबरालाई राजीनामा दिन बारको शुक्रबारसम्मको अल्टिमेटम

  Sampatti News

November 18, 2021

जबरालाई राजीनामा दिन बारको शुक्रबारसम्मको अल्टिमेटम

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन नेपाल बार एशोसिएसनले शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ ।

शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिएका छन् ।

उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोपसमेत बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा लगाए ।

उनले जबरा प्रधानन्यायाधीशमा नियुक्त भएदेखिनै न्यायालयमा भ्रष्टाचार र अनियमितताको अध्याय सुरु गरेको बताएका छन् ।

बार एशोसिएशनबाट इतिहासमा कयौं पटक न्यायालयमा सुधारका लागि आन्दोलन गरिएको भन्दै त्यो इतिहासलाई साक्षी राखेर अहिले पनि आफूहरु आन्दोलनमा होमिनु परेको बताए ।

बिहीबार प्रहरी हस्तक्षेपका कारण शारीरिक चोट लागेका श्रेष्ठले भने, ‘म आफ्नो शरीरमा लागेको घाउलाई भरे सेक्नेछु र यसलाई निको तुल्याउने छु तर यो आन्दोलनबाट भाग्दिनँ ।

जबरालाई राजीनामा दिन बारको शुक्रबारसम्मको अल्टिमेटम

प्रकाशित मिति:November 18, 2021