माइतीघरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

  Sampatti News

November 19, 2021

माइतीघरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

काठमाडौंको माइतीघर मण्डला नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो । मृतक मल्लिकार मोटरसाइकलमा पछाडी सवार रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल राति नै मृत्यु भएको हो महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे अनियन्त्रित भई पल्टिएको हो ।

मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

माइतीघरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

प्रकाशित मिति:November 19, 2021