गृहमन्त्रीको राजीनामा माग

  Sampatti News

November 21, 2021

गृहमन्त्रीको राजीनामा माग

काठमाडौं-आन्दोलनरत कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामासँगै गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका छन् ।

कानून व्यवसायीहरुले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् ।

प्रहरीले बल प्रयोग गर्दा २ मंसिरको प्रदर्शनमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।

कानून व्यवसायीले आइतबार सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् ।

यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एशोसिएसनको परिसरमा कोणसभा गर्दै आएका थिए ।

गृहमन्त्रीको राजीनामा माग

प्रकाशित मिति:November 21, 2021