नेपाल बारका पदाधिकारी सभामुखकोमा

  Sampatti News

November 22, 2021

नेपाल बारका पदाधिकारी सभामुखकोमा

काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटालाई नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गरेको छ ।

सोमबार नेपाल बारका पदाधिकारी सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने भन्दै आग्रह गरेका हुन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बताए ।

महासचिव लीलालमणि पौडेलले प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए ।

प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको आरोप लगाए ।

जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको पनि बारले आरोप लगाएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।

तर आफूहरुको पहलले मत्र जबराले राजीनामा नदिएको भन्दै बारले संसदको सहयोग खाजेको हो ।

नेपाल बारका पदाधिकारी सभामुखकोमा

प्रकाशित मिति:November 22, 2021