ट्याक्स हेवनमा पैसा लानेको भिडमा: उत्कृष्ट करदाता मुकुन्द

  Sampatti News

November 23, 2021

ट्याक्स हेवनमा पैसा लानेको भिडमा: उत्कृष्ट करदाता मुकुन्द

काठमाडौँ-नेपालमा धेरै क्षेत्रका मानिसले कर छली रहेको अबस्था छ । बास्तविकतामा सरकारले उठाउनु पर्ने दायराको कर उठाउनै सकेको छैन् ।

यसै बास्तविक्ता बिच भक्तपुर जिल्लाकै उत्कृष्ट करदाताको सम्मानबाट यस वर्ष होम प्रसाद गौतम(मुकुन्द) सम्मानित भएका छन् ।

भक्तपुर जिल्लामा मेडिगोल्ड इन्टरनेशनल प्रालिका संचालक होम प्रसाद गौतम(मुकुन्द)सम्मानित भएका हुन् ।

हरेक बर्ष कर सप्ताहको अवसरमा नेपाल सरकार आन्तरिक राजस्व कार्यालय भक्तपुरले प्रदान गर्दै आईरहेको सम्मानबाट यस वर्ष मेडिगोल्ड इन्टरनेशनल प्रालिका संचालक होम प्रसाद गौतम (मुकुन्द) सम्मानित भएका छन् ।

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन, विकास र समृद्धिू भन्ने मूल नाराका साथ शुरु भएको कर सप्ताह कार्यक्रम अन्तर्गत आन्तरिक राजस्व कार्यालय भक्तपुरले आईतबार उत्कृष्ट करदाताको सम्मान गौतमलाई प्रधान गरेको हो ।

मेडिगोल्ड इन्टरनेशनल प्रालि औषधीको कारोवार गर्ने कम्पनी हो काभ्रे चौंरी, देउरालीमा जन्मिएका होम प्रसाद गौतमले उक्त ब्यवसाय चलाउदै आएका छन् ।

उत्कृष्ट करदाताको सम्मान गौतमले यस वर्ष मात्र नभई बिगत २ वर्ष देखि निरतर हात पार्न सफल भइरहेका छन् ।

कर छल्ने, नक्कली भ्याटविल काट्ने गैर कानुनी मार्गबाट पैसा ट्याक्स हेवन देशमा लग्ने देशका ब्यबसायीका बिच नेपालले निकै कम होम प्रसाद गौतम जस्ता ब्यक्ति पाएको छ ।

उत्कृष्ट करदाताको रुपमा सम्मानीत गौतम जस्ता देस प्रेमी युवा ब्यवसायी अहिले देशलाई अत्यन्त खाचो छ ।

गौतमले भने उनले पाएको उत्कृष्ट करदाताको सम्मान आफुलेमात्र नभएर आफ्नो सम्पूर्ण टिम नै यसको हिस्सेदार रहेको बताएका छन् ।

ट्याक्स हेवनमा पैसा लानेको भिडमा: उत्कृष्ट करदाता मुकुन्द

प्रकाशित मिति:November 23, 2021