कमल थापाको भन्दा रेखा थापाको २३ मत बढी

  Sampatti News

December 5, 2021

कमल थापाको भन्दा रेखा थापाको २३ मत बढी

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिका लागि हिजो भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा। धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

यस्तो छ मतपरिणाम

राप्रपाको अध्यक्षमा विजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाएका छन् ।

उनका प्रतिद्वन्धि कमल थापाले १ हजार ६ सय १७ मत मात्र पाएर पराजय भएका छन् ।

त्यतै खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी भएका छन् ।

बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् ।

महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी भएकी छन् ।

यस्तै महामन्त्रीमा डा.धवल शम्सेर राणा विजयी भएका छन् ।

नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राजेन्द्र लिङ्देन समूहबाट चुनाव लडेका थिए ।

राप्रपाको निर्वाचन समितिका अनुसार राणा २ हजार २ सय २१ मतसहित महामन्त्रीमा विजयी भएका छन् ।

महामन्त्रीका अर्का प्रत्यासी भुवन पाठकलाई १ हजार ७ सय ५ मत प्राप्त भएको थियो ।

महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी भएकी छन् भने अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।

नायिका समेत रहेकी महामन्त्रीमा पराजित रेखा थापाले अध्यक्षमा पराजित कमल थापा भन्दा २३ मत बढी ल्याएकी छिन् ।

चुनाव अगाडी नायिका तथा राप्रपा महामन्त्री उमेद्वार रेखा थापाले कमल थापालाई राजतन्त्र बिरोधीको आरोप लगाएकी थिइन ।

कमल थापाको भन्दा रेखा थापाको २३ मत बढी

प्रकाशित मिति:December 5, 2021