प्रेस सेन्टरले नयाँ नेतृत्व चयन गर्दै

  Sampatti News

December 5, 2021

प्रेस सेन्टरले नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं-प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

प्रेस सेन्टरले आगामी तीन वर्षे कार्यकालको लागि ३७ पदाधिकारीसहित १ सय ९९ जनाको केन्द्रीय समिति बनाउने छ ।

सकेसम्म सहमतिमा पदाधिकारी सहित केन्द्रीय समिति सदस्य चयन गर्ने प्रयास भइरहेको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा अध्यक्ष बन्ने लगभग पक्का भएको छ भने अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ ।

चितवनको भरतपुरमा जारी महाधिवेशनमा ८०० प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनको हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।

प्रेस सेन्टरले नयाँ नेतृत्व चयन गर्दै

प्रकाशित मिति:December 5, 2021