लोकसेवाद्वारा २ सय ८४ अधिकृतका लागि दरखास्त आह्वान

  Sampatti News

December 15, 2021

लोकसेवाद्वारा २ सय ८४ अधिकृतका लागि दरखास्त आह्वान

काठमाडौं-राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि लोकसेवा आयोगले दरखास्त आह्वान गरेको छ।

आयोगले २ सय ८४ सिटका लागि सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठता गरी विज्ञापन खुला गरेको हो।

पुस २० गतेसम्म नियमित शुल्कमा र पुस २७ सम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ।

आयोगले अनलाइनबाट पनि दरखास्त दिन सकिने जनाएको छ ।

लोकसेवाद्वारा २ सय ८४ अधिकृतका लागि दरखास्त आह्वान

प्रकाशित मिति:December 15, 2021