सर्वोच्च अदालतको आदेशले सिलवालको राखेपमा कमब्याक

  Sampatti News

December 15, 2021

सर्वोच्च अदालतको आदेशले सिलवालको राखेपमा कमब्याक

काठमाडौं-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले उल्टयाई दिएको छ ।

न्यायाधीश हरि फुयालको एकल इजलासले सिलवालको रिट निवेदनमाथि सुनुवाई गर्दै सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतको यस निर्णयले सिलवाललाई कामकाज गर्न बाटो खुलेको छ ।

यसअघि सरकारले सिलवाललाई हटाएर टंक घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

सो निर्णयविरुद्ध सिलवाल अदालत गएका थिए ।

अदालतले दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ ।

यसअघि ओली सरकारले नियुक्त गरेका तर अहिलेको सरकारले हटाएका नेपाल स्काउटका लोकवहादुर भण्डारी,युवा स्वरोजगार कोषका कल्याण रोक्का र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. कृष्णप्रसाद ओली पनि अदालतबाट अन्तरिम आदेशमार्फत पुनर्वहाली भएका छन् ।

सर्वोच्च अदालतको आदेशले सिलवालको राखेपमा कमब्याक

प्रकाशित मिति:December 15, 2021