पर्यटन बोर्डका सिइओ निलम्बित

  Sampatti News

December 18, 2021

पर्यटन बोर्डका सिइओ निलम्बित

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीलाई निलम्बन गरिएको छ ।

नेपाल पर्यटन बोर्डको हिजो बसेको सञ्चालक समितिको बैठकले उनलाई निलम्बन गरेको हो ।

बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

पदीय हैसियतको दुरुपयोग, नैतिक आचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोप उनीमाथि छ ।

सिइओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्सीको निहुँमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय बाहिरिएको थियो ।

यो प्रकरण सञ्चार माध्यममा आएपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

पर्यटन बोर्डका सिइओ निलम्बित

प्रकाशित मिति:December 18, 2021