न्याय सेवा आयोगको बैठक स्थगित

  Sampatti News

December 22, 2021

न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौँ-न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको बैठक स्थगित भएको हो ।

बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी गराएका छन् ।

प्रधानन्यायाधीश जबराले न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै बुधबार दिउँसो ३ बजे बैठक राखेका थिए ।

न्याय सेवा आयोगको बैठक स्थगित

प्रकाशित मिति:December 22, 2021