शिक्षकमाथीको आक्रमणवारे नेवि संघले जारी गर्यो बिज्ञप्ती

  Sampatti News

December 23, 2021

काठमाडौँ-प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका घटना प्रति नेवि संघले ध्यानाकर्षण भएको जनाएको छ ।

नेवि संघ आरआर क्याम्पस इकाइ कमिटीले एक बिज्ञप्ती जारी गर्दै दोषी उपर कारवाहीको माग गरेको हो ।

नेवि संघले क्याम्पस हाता भित्र हुने यस्ता अराजक गतिबिधिबाट स्थापित हुने नजिर तथा परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेवि संघले विद्यार्थी र प्राध्यापकको सुरक्षाको प्रत्याभूति दिलाउन समेत क्याम्पस प्रशासन सँग माग गरेको छ ।

संघले यस घटना पश्चात रोकिएको क्याम्पसको नियमित पठन पाठन समेत सुचारु गराउन आग्रह गरेको छ ।

नेवि संघको आरआर क्याम्पस इकाइका सभापति सन्जिव ढकाल तथा सचिब अनुराग शाहले सयुक्त रुपमा बिज्ञप्ती जारी गरेका हुन् ।

गएको पुस ६ गते चिट चोर्न नदिएको भन्दै स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले शिक्षकलाई कुटेका थिए ।

कलेजका शिक्षक प्रकाश पुडासैनीमाथी कुटपिट भएको थियो ।

परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका थिए ।

प्रकाशित मिति:December 23, 2021