हेटौँडामा आधारभूत पत्रकारिता तालिम

  Sampatti News

December 23, 2021

हेटौँडामा आधारभूत पत्रकारिता तालिम

हेटौँडा-नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिकोे आयोजनामा हेटौँडामा सातदिने आधारभूत पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।

युरोपियन युनियन र पत्रकार महासङ्घ केन्द्रीय समितिको संयुक्त सहकार्यमा सुरु भएको तालिममा ४० जना सहभागी छन् ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले तालिमले पत्रकारितामा प्रवेश गर्न इच्छुकलाई सहयोग पुग्ने बताए ।

उहाँले पत्रकारिता पेशा स्वतन्त्र, निष्पक्षरूपमा देश र जनताप्रति उत्तरदायी भएर गर्नुपर्ने र सत्यतथ्य एवं विश्वसनीय हुनुपर्ने उल्लेख गरे।

पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसङ्गति हटाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा झाले जोड दिए ।

महासङ्घ पूर्व जिल्ला अध्यक्ष प्रताप विष्ट,सल्लाहकार बालकृष्ण अधिकारी, प्रदेश महासङ्घ महासचिव कृष्णसारु मगरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा मकवानपुर महासङ्घका पूर्वअध्यक्ष नवराज शर्मा, कौशल पाण्डे, राममणि दहाल, भानुभक्त आचार्य, हरि हुमागाईँ, महासङ्घका केन्द्रीय समितिका कार्यक्रम प्रबन्धक सङ्घर्ष पन्त, इन्टरनेशनल एलर्टका वरिष्ठ कार्यक्रम अधिकृत विजय क्षेत्री, जिल्ला अध्यक्ष मणिराज गौतमलगायतले तालिमको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे ।

प्रकाशित मिति:December 23, 2021