प्रहरीका एसएसपी कार्यालयमा झुन्डिएको अवस्थामा

  Sampatti News

December 24, 2021

प्रहरीका एसएसपी कार्यालयमा झुन्डिएको अवस्थामा

काठमाडौं-नेपाल प्रहरीका एसएसपी कार्यालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

संघीय प्रहरी कार्यालय, भैरहवाका कार्यरत नेपाल प्रहरीका एसएसपी सुशील कुमार यादब मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले उनको परिवारलाई खबर गरेको छ ।

एसएसपी यादब त्यहाँ कार्यालय प्रमुखका रुपमा कार्यरत थिए ।

जिप्रका रुपन्देहीका डिएसपी नवरत्न पौडेल नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रारम्भिक आँकलनमा उनले आत्महत्या गरेको देखिएको छ ।

कार्यालयमै रहेको क्वाटरमा भित्रबाट चुकुल लगाएको र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीले शव नछोई परिवारलाई खबर गरेको हो ।

एसएसपी यादब अवकाशको मुखमा थिए । बढुवा नभएकोमा पनि उनी फ्रस्टेसनमा रहेको बताइन्छ ।

प्रकाशित मिति:December 24, 2021