क्रिसमसको अबसरमा उपराष्ट्रपतिको शुभकामना

  Sampatti News

December 25, 2021

क्रिसमसको अबसरमा उपराष्ट्रपतिको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा आज शुभकामना दिँदै उहाँले यस पावन पर्वले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा राख्नुभएको छ ।

धर्मनिरपेक्ष राष्ट्र नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्नु भयो ।

उहाँले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएका स्मरण गर्नुभएको छ ।

पछिल्लो समय धार्मिक तथा सांस्कृतिक चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्दै उहाँले विकृतिलाई रोक्दै भड्किलो हुन नदिन र कमभन्दा कम खर्चमा चाड पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

विश्वमा पुनःफैलिरहेको विश्वव्यापी महामारी कोभिड–१९ नेपालमा पनि थप फैलनसक्ने विज्ञले चेतावनी दिइरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले विज्ञको सुझावलाई ध्यान दिन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै क्रिसमस मनाउन आग्रह गर्नुभएको छ ।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो ।

यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।

विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ ।

समयसंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो ।

इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

क्रिसमसको अबसरमा उपराष्ट्रपतिको शुभकामना

प्रकाशित मिति:December 25, 2021