प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

Nepal Cover
११ पुष २०७८, आईतवार
image

प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध उजुरी परेको छ ।

जबराको सम्पत्ति छानबिनको माग गर्दै बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा.गोविन्द केसीले प्रधानन्यायाधीशविभागमा उजुरी दिएका हुन् ।

प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।

उजुरी पत्रमा लेखिएको छ, ‘‘हालसम्म प्रकाशित समाचार तथा अन्य सूचना सामग्रीहरुलाई आधार बनाई तथा सो सम्बन्धी उजुरी समेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारवाही तत्काल प्रारम्भ गरी पाऊँ भनी सम्बन्धित सूचना सामग्री संलग्न गरी ध्यानाकर्षण गराउन चाहन्छौं ।’

डा.केसिले ३ पन्ना लामो उजुरीमा ५ वटा बुदा समावेश गरेका छन् ।

नेपाल बार एशोसिएसनले विगत दुई महिनादेखि प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डा लगायतका विवादमा उनको बहिर्गमनको प्रमुख माग राख्दै आन्दोलन गर्दै आएको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी