सप्तकोशी बैंक प्रकरण: सिइओले भट्टराईलाई फसाएको आरोप

Nepal Cover
१३ पुष २०७८, मंगलवार
image

सप्तकोशी बैंक प्रकरण: सिइओले भट्टराईलाई फसाएको आरोप

विराटनगर-विराटनगरस्थित सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराई निर्दोश रहेको आफन्तले दावी गरेका छन् ।

आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीले हिमाल भट्टराईलाई फसाएको आरोप लगाउदै सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् ।

हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको बताएका छन्।

बैंकमा करिब रु १६ करोड हिनामिना भएको र सो रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब रु १४ करोडभन्दा बढी रकमको कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फँसेको बताइएको छ ।

रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई सो रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन् ।

“मेरो छोरा निर्दोष छ । परिबन्दमा परेर फसेको हो”, अमृतप्रसादले भनेका छन् ।

सप्तकोशी बैंक प्रकरण: सिइओले भट्टराईलाई फसाएको आरोप