प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

  Sampatti News

January 5, 2022

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं-प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको २२ पुस बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

गत आइतबार(१८ पुस)मा डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो ।

तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

गौतमका अनुसार अब प्रतिनिधिसभाको बैठक २८ पुस बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

प्रकाशित मिति:January 5, 2022