मेडिकल कलेजका सञ्चालकमाथि विद्यार्थीले सिंहदरबारमै दले कालोमोसो

  Sampatti News

January 16, 2022

मेडिकल कलेजका सञ्चालकमाथि विद्यार्थीले सिंहदरबारमै दले कालोमोसो

काठमाडौं-मेडिकल कलेजका मालिक सुनिल शर्मामाथि विद्यार्थीले सिंहदरबारमै कालोमोसो दलेका छन् ।

नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ नेतृत्वको टोलीले शर्मामाथी कालोमोसो दलेको हो ।

शिक्षा मन्त्रालयमा विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिएकोबारे सर्वपक्षिय बैठक सकेर निस्कने क्रममा शर्मामाथि मन्त्रालयको मुल गेटमै कालोमोसो दलिएको हो ।

अनेरास्ववियूका उप महासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्लोबल र केएमसीसहित आधा दर्जन बढी मेडिकल कजेजहरुमा लगानी रहेको शर्माको मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिँदै आएको छ ।

मेडिकल कलेजका सञ्चालकमाथि विद्यार्थीले सिंहदरबारमै दले कालोमोसो

प्रकाशित मिति:January 16, 2022